तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप दुईको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार भिमाद र शुक्लागण्डकीका एक/एक सङ्क्रमितको मृत्यु भएको हो ।
भिमाद-५ का ६५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहॉमा जेठ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्लागण्डकी-७ का ९९ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहॉमा जेठ २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
६९ थपिए
यस्तै बुधबार तनहुँमा थप ६९ जना सङ्क्रमित थपिएका छन् । ३६ महिला र ३३ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।