खड्काको निधनमा वरिष्ठ नेता पौडेलद्वारा दुख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खड्काको निधनमा वरिष्ठ नेता पौडेलद्वारा दुख व्यक्त

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७८, बिहीबार

    दमौली: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । खड्काको बुधबार काठमाडौमा उपचारका क्रममा निधन भएको थियो ।

    बिहीबार शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दमौली र यस सेरोफेरोमा झण्डै डेढ दशकदेखि राजयोग तथा आध्यात्मिक सकारात्मक चिन्तनको क्षेत्रमा क्रियाशील रहेर प्रशिक्षण दिँदै आएका प्रशिक्षक एवं उर्जाशील युवा खड्काको निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्नुभयो।

    “मीठो बोलीवचन, मिजास र एकदमै सरल स्वाभावका धनी राजुले दमौलीमा रहि आध्यात्मिक जीवन र राजयोगको शिक्षा विस्तारबाट असल समाज निर्माणमा पुर्याउनुभएको योगदान सबैका लागि प्रेरणादायी बनी हाम्रो स्मरणमा सदैव रहनेछ,” पौडेलले भन्नुभयो ।

    सकारात्मक चिन्तन, उत्प्रेरणाका खानी खड्काको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको पौडेलको भनाई छ । दुखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन तथा सम्पूर्ण आध्यात्मिक क्षेत्रमा लाग्ने राजयोग परिवारप्रति एवं शुभेच्छुक प्रति पौडेलले समवेदना व्यक्त गर्नुभएको छ ।