उद्योग वाणिज्य सङ्घद्वारा रु दश लाखको स्वास्थ्य सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य सङ्घद्वारा रु दश लाखको स्वास्थ्य सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७८, बिहीबार

    तनहुँ : कोभिड सङ्कटमा सामाजिक उत्तरदायित्व वहन गर्दै तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्लाका स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीलाई रु दश लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान अन्तर्गत जिल्लाका विभिन्न पालिका र अस्पताललाई रु दश लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो । सङ्घले रु तीन लाखबाट शुरु गरेको कोषमा हालसम्म रु ११ लाख सङ्कलन भएको छ । देश तथा विदेशबाट शुभेच्छुकहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

    सङ्घले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामग्री वितरण अभियान जारी रहेको उहाँले बताउनुभयो ।

    सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकालाई चार थान अक्सिजन सिलिन्डर, आठ थान पिपिई, एक थान अक्सिमिटर, २५ थान फेसशिल्ड, ५० थान हेडक्याप, एक थान थर्ममिटर, १५ पोका मास्क, स्यानीटाइजर, डस्टविन, गमबुट लगायतका सामग्री उपलब्ध गराइएको छ ।

    म्याग्दे गाउँपालिकालाई तीन थान अक्सिजन सिलिन्डर, दमौली अस्पताललाई ६ थान अक्सिजन सिलिन्डर, बन्दीपुर अस्पताललाई तीन थान, आँबुखैरेनी स्वास्थ्यचौकीलाई तीन थान, पुरनडिही अस्पताललाई तीन थान, ऋषिङ गाउँपालिकालाई दुई थान अक्सिजन सिलिन्डर सहयोग गरिएको छ ।