तनहुँ : यूनियन लाइफ इन्स्योरेन्स ऑबुखैरेनी शाखाले रु २० लाख ५६ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, ऑबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य दिनेश केसी लगायतको टोलीले बीमित गङ्गासिं तामाङका हकवाला छोरा पिटर तामाङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
बीमितले गत माघमा रु २० लाख बराबरको जीवन बीमा गर्नुभएको थियो । उहॉले २० लाखको बीमा गर्दा प्रथम बामा शुल्क बराबर रु एक लाख ५३ हजार यूनियन लाइफमा जम्मा गर्नुभएको थियो । २० लाख बीमाङ्कको बीमा गर्नुभएका तामाङको गत चैत्रमा निधन भएको थियो ।
चेक ग्रहण गर्दै हकवाला तामाङले भौतिक शरीरको अनुपस्थितिमा पनि पीडाका बीचमा आर्थिक रुपमा मलम पट्टिको काम गर्ने बताउनुभयो ।
कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले अहिले सर्वत्र जोखिम बढिरहेको सन्दर्भमा सुरक्षा र बचतका लागि जीवन बीमा अपरिहार्य भएको बताउनुभयो ।