गृहमन्त्रीमा नियुक्त खगराज को हुनुहुन्छ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गृहमन्त्रीमा नियुक्त खगराज को हुनुहुन्छ ?

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७८, बिहीबार

    पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लाग्नुभएको हो ।

    प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री हुने हुनुभएको छ ।

    सांसद नरहनुभएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’  सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृह मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राख्नुभएको थियो ।

    त्यसपछि अब को गृहमन्त्री बन्छ भन्ने आमचासो थियो।बिहीबार गृहमन्त्रीको सपथ लिन लाग्नुभएकी अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुनुहुन्थ्यो ।

    २०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाउनुभएन । लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाउनुभएको थियो ।

    २०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उहॉ एमाले प्रमुख सचेतक बन्नुभएको थियो । पूर्वकृषि मन्त्री पद्मा अर्यालका नजरमा खगराज अधिकारी लामो समयदेखि केपी ओलीकै विचारमा आवद्ध भएर सहयोग गर्दै आएका व्यक्ति हुन्र  राजनीतिमा निष्ठापुर्वक लागेका व्यक्ति हुनुहुन्छ ।

    ‘उहाँ पार्टीको एकखालको बफादार सिपाही हो,’ उहॉले भन्नुभयो,’अहिले उहाँले जुन जिम्मेवारी पाउनुभएको छ, त्यो स्वभाविक कुरा हो। उहाँको त्याग, उहाँको क्रियाशिलता र उहाँको क्षमताले उहाँ त्यो ठाउँमा पुग्नुभएको छ। प्रधानमन्त्रीले उपयुक्त विश्लेषणका साथ उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ।’

    ‘गृहमन्त्रीका लागि धेरैको दाबी थियो। आफ्नो मार्केटिङ आफैं गरिरहेका थुप्रै मान्छे थिए। तिनको नाम र फोटो धेरैले छापेका पनि थिए,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो,’पञ्चायतकालमा प्रधानमन्त्री ओलीसँगै अधिकारी पनि जेल पर्नुभएको थियो। यो तथ्य जनताले थाहा पाउनुपर्छ। अधिकारीलाई पनि निकै ठूलो दर्ज्यानी दिनुभयो। गणेश तिमल्सिनालाई पनि सम्माननीय बनाइदिनुभयो।’ (सेतोपाटीबाट)