पूर्व पत्रकार भण्डारीकी श्रीमती सुनिताको उपचारका लागि युनियनको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्व पत्रकार भण्डारीकी श्रीमती सुनिताको उपचारका लागि युनियनको सहयोग

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७८, बिहीबार

    तनहुँ : नेपाल प्रेस युनियन तनहुँले पूर्व पत्रकार दिवाकर भण्डारीकी श्रीमती सुनिता डोटेल भण्डारीको उपचारको लागि सहयोग गरेको छ । युनियनद्वारा उपचारका लागि सङ्कलन गरिएको रु ६२ हजार १२० बिहीबार बैङ्क मार्फत सहयोग गरिएको नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष अमराज नहर्कीले जानकारी दिनुभयो ।

    युनियनले बिहीबार नै प्रेस विज्ञप्ती जारी गरि सहयोग सङ्कलनका क्रममा रकम प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गरेको छ । साथै सुनिताको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

    सुनिता घरको छतबाट खसेर दुवै खुट्टा भाँचिएर हाल काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचारत हुनुहुन्छ । युनियनमा आबद्ध सञ्चारकर्मीसँग रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।