तनहुँ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै ३१ जना सांसदको हस्ताक्षर बुझाउनुएका नेपाली मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन भएको हो । मुख्यमन्त्रीमा नियुक्त नेपालीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । यद्यपि गुरुङले पनि मुख्यमन्त्रीका लागि दावी गर्नुभएको थियो ।
तनहुँको तनहुँसुरमा विसं २००६ साल मङ्सिर १३ गते जन्मिनुभएका नेपालीको खास थर पोख्रेल हो । उहाँ प्रजातन्त्र सेनानी गोबद्र्धन शर्मा र द्रौपदा शर्माका सुुपुत्र हुनुहुन्छ । विसं २०२८ सालमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य बन्नुभएका नेपाली आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल पर्नुभएको छ । त्यसअघि पनि उहाँ विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो । विसं २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बन्नुभएका नेपाली दुई विषयका स्नातक हुन् ।
नेपाली नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गर्नुभएका उहाँ माध्यमिक शिक्षा पढ्न भारत पुग्नुभयो । उहाँले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गर्नुभएको थियो । दरभङ्गाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किनुभएका उहााले कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ ।
विसं २०३५ सालको विद्यार्थी आन्दोलनमा उहाँ कास्की कारागारमा दुईपटक गरेर पाँच महिना बस्नुप¥यो । । त्यसअघि २०३७ सालको जनमतसंग्रहका क्रममा ८ महिना कास्की कारागारमै बस्न्ुभ्इँे । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै दुई महिना जेल चलान हुनुभएको थियो ।
विसं २०४८ को अधिवेशनपछि उहाँ लगातार चार कार्यकाल काङ्ग्रेस नवलपरासीको सभापति बन्नुभएको थियो । २०४८ सालको आमनिर्वाचनमा उहाँ नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुनुहुन्थ्यो ।
नेपालीका दाजु रामचन्द्र पाेख्रेल र भाई डा. जगदीशचन्द्र पाेख्रेल पनि काङ्ग्रेसकै नेता हुनुहुन्छ । रामचन्द्र पाेख्रेल संविधानसभा सदस्य र जगदीशचन्द्र राष्ट्रिय याेजना आयाेगकाे उपाध्यक्ष भइसक्नुभएकाे छ ।