पाेखरा : गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएकाे छ । उहाँले राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनकाे पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएकाे हाे ।
गुरुङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपा प्रदेश कमिटीकाे पत्रसहित दावी गरेकाे बुझिएकाे छ । २७ गते विश्वासकाे मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गर्नुभएकाे हाे ।
नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेकाे अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेर गण्डकीकाे सत्ता स्वार्थमा नयाँ ट्विस्ट भएकाे छ । (समाधान दैनिकबाट)