कोरोना सङ्क्रमण: तनहुँमा थपिए एक सय, एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण: तनहुँमा थपिए एक सय, एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७८, शनिबार

    तनहुँ : तनहुँमा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार तनहुँमा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    थपिनेमध्ये ५२ महिला र ४८ पुरुष छन् । शनिबार गण्डकी प्रदेशमा कास्कीपछि तनहुँमा धेरै सङ्क्रमित थपिएका हुन् । कास्कीमा एक सय पॉच जना सङ्क्रमित थपिएका छन् ।

    भिमादकी ७२ वर्षीया महिलाको मृत्यु

    यसैगरी तनहुँका थप एकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भिमाद-२ की ७२ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उहॉमा जेठ २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।