दमाैली : राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहुँको पहलमा दमौली अस्पताललाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । समितिका अध्यक्ष रिता ढकाल र युवा समाजसेवी अमरराज सोतीको विशेष पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको सहकार्यमा अस्पताललाई कोभिड विरुद्धका सामग्री हस्तान्तरण गरिएको हो ।
अस्पताललाई तीन थान अक्सिजन सिलिण्डर, कोभिड–१९ गाउन सेट दुई सय थान, मास्क दुई हजार थान, एक्जामिनेसन(लुज) ग्लब्स २५० जोर, फेससिल्ड एक सय थान, गम बुट १० जोर नरदेवी आयुर्वेदिक अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष शंकर पौडेल, युवा व्यवसायी इन्जिनियर विवेक पौडेल लगायतको उपस्थितिमा दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई शनिबार हस्तान्तरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट तनहुँका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पु¥यउने उद्देश्य र कोरोना संकटको जोखिम न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्र्ने युवा समितिका अध्यक्ष ढकालले बताउनुभयो ।