पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित पाँच मन्त्रीले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे ।
शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिनुभएकाे हाे ।
गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाेा हाे । उहाँलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।