पोखरा : गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले विधिको शासन एवं लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहॉले राष्ट्रिय स्वाभिमान, भौगौलिक अखण्डता, सार्वभौम सम्पन्न जनता, सङ्घीय गणतन्त्र, विधिको शासन एवं लोकतान्त्रिक मूल्य र मान्यतामा सदैव अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशमा नयॉ मुख्यमन्त्री नियुक्त भएसँगै गुरुङले आफ्नो कार्यकालमा सहयोग र साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभएको छ। “गण्डकी प्रदेश सरकारको मेरो तीन वर्षे कार्यकालमा सहयोग र साथ दिने सबै माननीय सदस्यहरू, विपक्षमा रहेका दलहरू, मन्त्रिपरिषद् र मन्त्रालयका सबै सचिव, कर्मचारी र सहयोगीहरू, पार्टीका सबै नेता, कार्यकर्ता र शुभेच्छुक एवं सबैजनामा हार्दिक आभार तथा धन्यवाद,” गुरुङले भन्नुभयो ।