तनहुँ : कोरोना जोखिम न्यूनीकरणका लागि तनहुँमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले कोरोना जोखिम नघटेको निष्कर्ष सहित असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
केन्द्रले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते सोमबार राति १२ बजे सकिदैछ । तर विगतका निषेधाज्ञा भन्दा यो पटकको निषेधाज्ञा केही लचिलो बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
Scan2021-06-13_171514सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार यसअघि बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएका अत्यावश्यक पसलको समयावधि बिहान १० बजेसम्म पु¥याइएको छ । त्यस्तै पुस्तक, छापाखाना तथा स्टेशनरी पसल, वर्कसप, मोवाइल मर्मत पसललाई पनि समय तोकेर सञ्चालन गर्न दिने निर्णय भएको छ । बैङ्क तथा वित्तीय संस्थाले दिउँसो १ बजेसम्म न्यूनतम कर्मचारी राखेर अत्यावश्यक सेवा दिन पाउनेछन् ।
बैठकले कोरोना जोखिम न्यूनीकरणका लागि एन्टिजेन र पिसिआर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।