तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । भिमाद र शुक्लागण्डकीका दुई जनाको पोखरास्थित अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार भिमाद नगरपालिका–६ का ७८ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उहाँमा जेठ २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्लागण्डकी नगरपालिका–९ की ५२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा जेठ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी आइतबार तनहुँमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमध्ये २४ महिला र २३ पुरुष छन् ।