दमौली : चितुवाको आक्रमणबाट आइतबार सॉझ व्यास नगरपालिका-१२ देउरालीमा साढे दुई वर्षीया बालिका घाइते भएकी छन् । घरको पिढीमा खाना खाने तयारी गर्दा चितुवाको आक्रमणबाट अनुष्का परियार घाइते भएकी हुन् ।
चितुवाको आक्रमणबाट घाइते बालिकाको चिउडो, छाती र घॉटीमा चोट लागेको छ । उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चितुवाले पिढीबाटै बालिका लगेपछि आमा २९ वर्षीया मधु परियारले छोरी खोसेर ल्याउनुभएको थियो । “चितुवाले १५/२० मिटर तल लगेको थियो, आमाले बच्चा खोसेर ल्याउनुभयो,” आमाको भनाई उद्धृत गर्दै प्रहरीले भन्यो ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले घाइते बालिकाको उपचार खर्च वन कार्यालयमार्फत् व्यवस्थापन गरिने जानकारी दिनुभयो ।