दुलेगाैडा : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा साेमबार भएको दुर्घटनामा सेनाका सिपाहीको मृत्यु भएको छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प ७२०१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना १७ ख ११६८ नम्बरको कन्टेनर ठक्कर खाँदा मोटरसाइकल चालक २८ वर्षीय प्रदीप भट्टराईको मृत्यु भएको हो ।
कास्की मादी गाउँपालिका–९ घर भई हाल २१ नं बाहिनी अड्डा झापामा नेपाली सेनामा कार्यरत सिपाही भट्टराईको उपचारका क्रममा जिपी कोइराला अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । कन्टेनर चालक प्रहरी नियन्त्रणमा छन् ।