मङ्गलबार दिनभर तनहुँका यी क्षेत्रमा विद्युत अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मङ्गलबार दिनभर तनहुँका यी क्षेत्रमा विद्युत अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०७८, सोमबार

    दमाैली : तनहुँका विभिन्न स्थानमा मङ्गलबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । दमौलीस्थित १३२ केभी सवस्टेशनमा मर्मत सम्भार गर्नुपर्ने भएकाले पोखरा ग्रिड शाखाले मङ्गलबार बिहान १० बजदेखि बेलुका ६ बजेसम्म सटडाउन गर्न लागेको हो ।

    यस सवस्टेशन अन्तर्गत सञ्चालन हुने दमौली, थर्पु, छाब्दी, सोती र तनहुँसुर फिडरले विद्युत आपूर्ति गर्ने व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    निर्धारित समयभन्दा अगाडी कार्य सम्पन्न भएमा तोकिएको समयावधि अगावै समेत विद्युत आपूर्ति हुन सक्ने केन्द्रले जनाएको छ ।