तनहुँ : सोमबारदेखि निरन्तर परेको वर्षाका कारण तनहुँमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार बिहान सार्वजनिक गरेको जानकारी अनुसार नदीहरुमा पानीको वहाब बढ्ने भएकाले तनहुँ पनि जोखिममा रहेको जनाएको छ ।
तनहुँ आसपास भई वहने नदी तथा खोलाहरुमा वहाब बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै कास्की, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।