के छ किसानले पार्टीलाई बुझाएको ४ बुँदे स्पष्टीकरणमा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    के छ किसानले पार्टीलाई बुझाएको ४ बुँदे स्पष्टीकरणमा ?

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७८, शुक्रबार

    तनहुँ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोध्यो । स्पष्टीकरण सोधिनेमध्ये तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) पनि एक हुन् ।

    उनले एमाले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै बिहीबार स्पष्टीकरण पेश गरेका छन् । उनले देउवालाई विश्वासको मत दिने कार्य नेपालको संविधान, पार्टीको विधान र सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल रहेको बताएका छन् ।

    श्रेष्ठले पार्टी अध्यक्षले नै विधान विपरित कार्य गरेको आरोप लगाएका छन् । राजीनामा नदिई पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तरगत आफै प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनैतिक नैतिकता विपरितको कार्य भएको श्रेष्ठको आरोप छ ।