तनहुँबाट १० किलो गाँजा सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँबाट १० किलो गाँजा सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७८, शुक्रबार

    दुलेगाैडा : तनहुँबाट ठूलो परिमाणको प्रतिबन्धित गाँजा सहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुग्लिन बस्ने २५ वर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २८ वर्षीय सुमन परियार रहेका छन् ।

    यी दुईको साथबाट तनहुँ प्रहरीले १० किलो दुई सय २० ग्राम गाँजा बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । उनीहरुलाई आँबुखैरेनीको पुलजिपबाट शुक्रबार पक्राउ गरिएको हो ।

    मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १६ प ८२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाइएको छ ।