तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ का ५९ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो ।
ती पुरुषमा असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही दिनदेखि मृत्यु शुन्य रहेको तनहुँमा पुनः मृत्यु हुनेको सङ्ख्या बढ्न थालेको छ ।
७१ परीक्षण : १२ सङ्क्रमित
पछिल्लो २४ घण्टामा तनहुँका ७१ जनाको परीक्षण गरिएकामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । थपिनेमा तीन महिला र ९ पुरुष छन् । एन्टिजेनबाट ७ जना पहिचान भएका हुन् ।