डोवाटे विश्वकर्मा मन्त्रीबाट वन्चित हुनुपर्दा परिवारको तर्फबाट क्षमा माग्छु : पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डोवाटे विश्वकर्मा मन्त्रीबाट वन्चित हुनुपर्दा परिवारको तर्फबाट क्षमा माग्छु : पोखरेल

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७८, शनिबार

    तनहुँ : नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पोखरेलले प्रदेश सभा सदस्य डोवाटे विक मन्त्रीबाट वन्चित हुनुपर्दा आफूलाई अत्यन्त पीडाबोध भएको भन्दै माफी मागेका छन् । निश्चित भएरपनि अन्तिममा नाम काटिएपछि मन्त्री हुनबाट रोकिएका विकप्रति नेता पोखरेलल माफी माग्दै भनेका छन्, “डोवाटे विश्वकर्मा गण्डकी सरकारमा मन्त्री बन्ने हैसियत, खुबी र छबि सबै हुँदाहुँदै हामीहरुको हातबाट वन्चित हुनुपरेकामा म स्वयं लज्जित छु, दुखित् छु र यस निर्णय प्रति सम्पूर्ण परिवारको तर्फबाट पनि क्षमा माग्दछु।”

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उनका भाई हुन् । पोखरेलका बुबा स्व. गोबर्धन पोखरेलको सङ्गतले काङ्ग्रेस बनेका डोवाटेलाई उनकै छोरा (मुख्यमन्त्री) ले मन्त्री बन्न रोकेको भन्दै काङ्ग्रेस वृत्तमा विरोध भइरहेको छ ।

    त्यसलगत्तै रामचन्द्र पोखरेलको यस्तो प्रष्टीकरण आएको हो । “यद्यपि यसका पछाडि धेरै कारण छन् तर त्यसको नैतिक जिम्मेवारी हामी नै हौँ। समयले समेत हाम्रो परीक्षा लिएको महशुल भइरहेको छ ।”

    आफ्नो राजनीतिक जीवनमा यो क्षण सबैभन्दा दुखदायी र पीडादायी महशुस भएको भन्दै पोखरेलले भने, “ जुन धरातलमा टेकेर नेपाली काङ्ग्रेसको राजनीतिक यात्रा यहॉसम्म आइपुग्यो, त्यसतो नैतिक धरातल नै कम्पन भएको महशुस भयो ।”

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डोवाटेलाई मन्त्री बनाउन सिफारिस गरेका थिए । उनी मन्त्री बन्ने निश्चित थियो, तर अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा उनको नाम काटेर पोखराका सांसद विन्दुकुमार थापा मन्त्री बनेका छन् ।