आज र भोलि ठूलो पानी पर्ने सम्भावना कम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज र भोलि ठूलो पानी पर्ने सम्भावना कम

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७८, शनिबार

    काठमाडौ: आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

    पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ । तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन ।

    आउने सोमवार बेलुकादेखि भने मनसुन थप सक्रिय हुँदै जाने उहाँले बताउनुभयो । सोमवार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ ।