तनहुँ : नेकपा एमालेका युवा नेता कविराज श्रेष्ठको नेतृत्वमा नेपाल मुस्लिम सङ्गठन तनहुँका पूर्व अध्यक्ष एवं व्यास मुस्लिम सेवा समाजका अध्यक्ष सिद्धिक मिया प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानको पक्षमा खुलेका छन् । नेकपा एमाले केपी ओली समूह परिवर्तन गरेर किसान माधव नेपाल समूहमा गएपछि कविराज र सिद्धिकले शनिबार आफ्नो समर्थन किसानलाई रहेको बताएका हुन् ।
सांसद श्रेष्ठले समूह परिवर्तन गरेपछि जिल्लाका कार्यकर्ता कता लाग्छन् भन्ने सर्वत्र चासो भइरहेको छ । सांसद श्रेष्ठ विकासवादी नेता भएकाले आफूहरु उनको पक्षमा लाग्ने निर्णय गरेको कविराजले बताए । “तनहुँमा उहॉले थालेको विकास अभियानले हामीहरु उहॉको समर्थनमा खुलेका हौ,” श्रेष्ठले भने ।
यसैगरी युवासङ्घ नेपाल व्यासका संयोजक कृष्णकुमार श्रेष्ठ र सहसंयोजक अजित पन्थ पनि किसानको पक्षमा खुलेका छन् ।