आदिवासी दिवसमा दमौलीमा रक्तदान हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिवासी दिवसमा दमौलीमा रक्तदान हुने

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७८, आईतवार

    दमौली : विश्व आदिवासी दिवसको अवसरमा दमौलीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको शनिबार बसेको बैठकले साउन २३ गते रक्तदान आयोजना गर्ने निर्णय गरेको हो ।

    कोभिड-१९ का कारण दिवसको अवसरमा अन्य कार्यक्रम गर्न नसकिएकाले रक्तदान गर्न लागिएको परिषद्की अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन् ।

    रक्तदान कार्यक्रममा सहभागिताका लागि संस्थासँग आबद्ध सम्पूर्ण घटक, सरकारी तथा गैरसरकारी सङ्घसंस्था लगायत सर्वसाधारणलाई आव्हान गरिएको छ ।