तनहुँका पूर्व प्रजिअ पाेखरेल गृह मन्त्रालयको प्रवक्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका पूर्व प्रजिअ पाेखरेल गृह मन्त्रालयको प्रवक्ता

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७८, आईतवार

    काठमाडौँ : गृह मन्त्रालयको प्रवक्तामा सहसचिव फणिन्द्रमणि पोखरेल नियुक्त भएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय भएकाे हाे ।

    तराईका र पहाड गरी ७ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका पोखरेलबारे शुक्रवार निर्णय भएको गृहका एक अधिकारीले बताए । हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ ।

    पाेखरेल तनहुँकाे प्रमुख जिल्ला अधिकारी समेत रहिसकेका छन् ।