दश महिना कैद तोकिएकी महिला पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दश महिना कैद तोकिएकी महिला पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७८, आईतवार

    दमाैली : लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालत तनहुँबाट कैद तोकिएकी एक महिला पक्राउ परेकी छन् । बन्दिपुर गाउँपालिका–१ नयाँबस्ती बस्ने २३ वर्षीया प्रतिमा सहनी भन्ने प्रतिमा विश्वकर्मालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

    लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालतले विसं २०७६ वैशाख २ गते निज विरुद्ध दश महिना १९ दिन कैद र रु सात हजार जरीवानाको फैसला सुनाएको थियो । सोही दिनदेखि फरार उनलाई दुई वर्षपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आजै अदालत दाखिला गरिएको छ ।