दमौली : दुवै मिर्गौला फेल भएका तनहुँको व्यास-५ स्थित शान्तिवर्ष बोर्डिङ स्कूलका शिक्षक बुद्धिबहादुर थापालाई पूर्व विद्यार्थीहरुले पॉच लाख सहयोग गरेका छन्। विगत केही समयदेखि मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका थापालाई उपचारका लागि सहयोग पुर्याउन उक्त विद्यालयका एसएलसी २०५६/५७ का विद्यार्थीले पॉच लाख सहयोग गरेका हुन्।
विभिन्न ठाउँमा रहेका उक्त व्याचका साथीहरुबाट सङ्किलत रकम पीडित थापालाई हस्तान्तरण गरिएको दुर्गाराज मगरले जानकारी दिए । उनका अनुसार अष्ट्रेलियाबाट कल्पना श्रेष्ठ सुयाल, विकास श्रेष्ठ, उत्तम खनाल, उमेश कैनी र सुकेश गुरुङ्गको नेतृत्वमा तीन लाख २४ हजार दुई सय ७०, युकेबाट कमला र गोपालको तर्फबाट एक लीख दुई हजार, अमेरिकाबाट होम गुरुङको तर्फबाट २३ हजार सात सय ४४, हङकङबाट कृष्ण गुरुङको तर्फबाट दश हजार प्राप्त भएको छ ।
त्यस्तै नेपालमै रहेका बल ब.थापा, दल ब.गुरुङ्ग(कुमार), धन बहादुर तामाङ, दुर्गा राज थापा, मिना सिग्देल,नवराज थापा,प्रेम गुरुङ्ग,रमेश गिरी,सर्मिला त्रिपाठी र सीता राना श्रेष्ठको तर्फबाट ३९ हजार ९ सय ८६ सहयोग गरिएको छ ।
“”२२ औ वर्ष अघि अंग्रेजी विषय पढाइ हाम्रो भविष्य उज्ज्वल बनाउन उहॉले पनि एउटा ठूलो भुमिका खेल्नुभएको थियो, प्रतिभाशाली अनि एकदमै मिलनसार सरको अवस्थाका बारेमा जानकारी पाएपछि सहयोग जुटायौ,” मगरले भने ।
हाल पोखरामा डायलासिस गराउँदै आएको र छिट्टै प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिक अभाव रहेकाले सहयोगका लागि पीडितले अपिल गरेका छन् ।