काठमाडौं : निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले उक्त पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिए ।
उनले भने, ‘बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले आधिकारिकता पाएको छ, आजको इजलासले यही निर्णय गरेको छ।’ श्रेष्ठले ५१ जनाको केन्द्रीय कार्यकारणी सदस्यहरुमध्य ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा सनाखत दिएको बताए । १ जना टस्थ बसेको बताए।
जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो । नयाँ दल गठनका लागि ठाकुर पक्षलाई अबसर भएको र बाँकी कुरामा आयोगको कुनै भूमिका नहुने उनले बताए।