रेडक्रसद्वारा कन्सनट्रेटर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रेडक्रसद्वारा कन्सनट्रेटर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७८, सोमबार

    दमाैली : नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि रेडक्रस सोसाइटीले अक्सिजन कन्सनट्रेटर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    व्यास नगरपालिकाले वडा नम्बर १० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्न लागेको नगरस्तरीय अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको रेडक्रस तनहुँकी मन्त्री चिनु पोख्रेलले जानकारी दिइन् । उनका अनुसार नगरपालिकालाई एक थान अक्सिजन कन्सनट्रेटर, थर्मलनगर, अक्सिमिटर, फेसशिल्ड, सर्जिकल गाउन, सर्जिकल क्याप लगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले कोभिड न्यूनीकरणका लागि रेडक्रसले आवश्यक सामग्री सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताए । नगरप्रमुख न्यौपानेले कोभिड न्यूनीकरण सबैको साझा प्रयासबाट सम्भव रहेको उल्लेख गर्दै रेडक्रसप्रति आभार व्यक्त गरे ।