कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन मुख्य एजेन्डा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन मुख्य एजेन्डा

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । 

    क्रियाशील सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसेका छन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद हालसम्म हल गर्न सकेको छैन । 

    आजको बैठकमा रमेश लेखक नेतृत्वमा रहेको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने बताइएको छ । देशभरका १२५ वडामा क्रियाशील सदस्यता विवाद रहेको छ ।

    साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । यद्यपि, केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने कांग्रेसले बताएको छ ।