रवीन्द्र मिश्रको प्रस्तावमा एमाले नेता गुरुङको टिप्पणी : धर्म निरपेक्ष राज्यको विकल्प खोज्नु मुलुकलाई प्रतिगमनको दुष्चक्रमा फसाउने षड्यन्त्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रवीन्द्र मिश्रको प्रस्तावमा एमाले नेता गुरुङको टिप्पणी : धर्म निरपेक्ष राज्यको विकल्प खोज्नु मुलुकलाई प्रतिगमनको दुष्चक्रमा फसाउने षड्यन्त्र

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    पोखरा : नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले सङ्घीय राज्य प्रणाली र धर्म निरपेक्ष राज्यको विकल्प खोज्नु मुलुकलाई प्रतिगमनको दुष्चक्रमा फसाउने षड्यन्त्र भएको बताएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सङ्घीयता खारेज गर्दै धर्मनिरपेक्षता गर्न माग गरेको विषयप्रति टिप्पणी गर्दै एमाले नेता गुरुङको यस्तो भनाई आएको हो ।

    “वर्तमान सङ्घीय राज्य प्रणाली र धर्म निरपेक्ष राज्यको विकल्प खोज्नु भनेको बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक नेपाली समाज एवं भौगोलिक विविधतामा आधारित हाम्रो मुलुकको राष्ट्रिय एकता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कम्जोर बनाएर मुलुकलाई प्रतिगमनको दुष्चक्रमा फँसाउनु हो,” गुरुङले भनेका छन् ।