गण्डकी प्रदेश प्रमुखसँग देवघाट क्षेत्र विकास समितिका पदाधिकारीको भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी प्रदेश प्रमुखसँग देवघाट क्षेत्र विकास समितिका पदाधिकारीको भेट

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    तनहुँ : देवघाट क्षेत्र विकास समितिका पदाधिकारीले मङ्गलबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग भेटघाट गरेका छन् । समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले प्रदेश प्रमुखसँग भेट गरी देवघाटमा धार्मिक पर्यटनका लागि आवश्यक पूर्वाधार विकासको बारेमा जानकारी गराएको छ ।

    तनहुँ, चितवन र नवलपुरको सङ्गममा अवस्थित देवघाटमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजनका लागि पहल गरिदिन समितिका अध्यक्ष अधिकारीले आग्रह गरे ।

    प्रदेश प्रमुख पौडेलले देवघाट धार्मिक पर्यटनको केन्द्रविन्दु रहेकाले सरकारको तर्फबाट बजेट विनियोजनको पहल गर्ने प्रतिबद्धता जनाइन् ।