लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    काठमाडाै : सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।