दमाैली : तनहुँको व्यास नगरपालिका–६ मादीवेशीमा रुखबाट लडेर एक किशोरको आज मृत्यु भएको छ । कटहर टिप्न रुखमा चढेका १६ वर्षीय अरुण परियारको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँका पुण्यप्रसाद न्यौपानेको बारीमा रहेको रुखमा चढेर कटहर टिप्न लाग्दा घाइते भएका परियारको दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।