व्यास नगर समता विद्यालय सञ्चालनको तयारी शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगर समता विद्यालय सञ्चालनको तयारी शुरु

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    दमौली : व्यास नगरपालिकाले स्थापना गर्न लागेको समता विद्यालय सञ्चालनको तयारी शुरु भएको छ । नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट मार्फत् व्यास-७ शेषमटारमा समता विद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

    अनाथ, असहाय बालबालिका पढाउन नगरपालिकाले आवासीय विद्यालय स्थापनाको तयारी गरेको हो । त्यसका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

    विद्यालय स्थापनाका लागि नगरप्रमुख वैकुण्ठ न्यौपाने सहित जनप्रतिनिधिले मंगलबार शेषमटारमा रहेका पुरानो संरचनाको निरीक्षण गरेका छन् । उक्त ठाउँमा आवासीय विद्यालय स्थापनाका लागि नयॉ संरचना समेत निर्माण गरिने वडाध्यक्ष शतिशचन्द्र न्यौपानेले जानकारी दिए । “विद्यालय स्थापनाको तयारी शुरु भएको छ,” न्यौपानेले भने ।

    नगरभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाई परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकाको शिक्षाका लागि नगरपालिकाले नगर समता विद्यालय स्थापनाको प्रकृया अगाडी बढाएको हो ।

    क्यामिन कोट प्राथमिक विद्यालय रहेको ठाउँमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो । यो विद्यालय अन्यत्रै स्थानान्तरण भइसकेको छ ।