मृत्युको हल्ला फिँजाइएका विजय शाही कालिकोट घरमै भेटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मृत्युको हल्ला फिँजाइएका विजय शाही कालिकोट घरमै भेटिए

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७८, मंगलवार

    काठमाडाै : सामाजिक सञ्जालमा मृत्यु भएको भनेर हल्ला फिँजाइएका विजय शाही कालिकोटस्थित आफ्नै घरमा सकुशल भेटिएका छन् । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको हो ।

    कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए । सामान्य बिरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेकाे प्रहरीले जानकारी दिएकाे छ।