आज देशभर पानी पर्ने‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज देशभर पानी पर्ने‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७८, बुधबार

    काठमाडौं : आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

    उनका अनुसार दिउँसो र राति कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ। अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा  भने भीषण वर्षा हुन महाशाखाले जनाएको छ।