बागमती युनेस्को क्लबले काजकिस्तानमा नेपालको प्रतिनिधित्व गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमती युनेस्को क्लबले काजकिस्तानमा नेपालको प्रतिनिधित्व गर्ने

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७८, बुधबार

    काठमाडौ: बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बनिया, सोही क्लबका वातावरण विभागका उपप्रमुख शुभाशिस भट्टराई र पोखराकी उरुषा लम्सालले काजकिस्तानमा हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन ।

    युनेस्को क्लब र एसोसिएसनहरूको एसियन प्यासिफिक फेडरेशनको सहयोगमा काजाकिस्तान फेडरेशन अफ क्लब फर युनेस्कोले आयोजनामा ‘अन्तर्राष्ट्रिय युवा फोरम’ जुलाई ३० र ३१ गते रहेको युनेस्को क्लब र एसोसिएसनका लागि नेपाल राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिए ।

    ‘युवा नेतृत्वमा शान्ति’ नारा रहेको सम्मेलन आणविक हतियार र आणविक परीक्षणको बिषयमा आधारित हुनेछ। नेपाली प्रतीनिधीहरुले यस फोरममा नेपालको आणविक हतियार र आणविक परीक्षणको स्थिति ब्यख्या गर्नु को साथै, निती नियम, कार्यक्रम सम्बन्धि कार्यपत्रहरू प्रस्तुत गर्ने आवसर प्राप्त गर्ने छन ।

    साथै, आणविक हतियार र आणविक परीक्षण बिषयका बिज्ञहरुसँग बहस गरी बिश्व भरीका आणविक हतियार र आणविक परीक्षण बिषयमा ज्ञान हाशिल गरी युवा नेतृत्वमा शान्ति स्थापना गर्नका निमित्त मस्यौदा तयार गरि, सम्झौता र हस्ताक्षर गर्ने आवसर पनि प्राप्त गर्ने छन ।