सुनको भाउ बढ्यो तर चाँदीको घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको भाउ बढ्यो तर चाँदीको घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७८, बुधबार

    काठमाडौ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । 

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुनेछ । यसअघि ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

    तेजावी सुनको मूल्य भने आज प्रतितोला ९१ हजार ६०० रुपैयाँ रहेको छ ।  यता, चाँदीको भाउ भने आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदी एक हजार २७० रुपैयाँ तोलामा कारोबार भइरहेकोमा आज १५ रुपैयाँले घटेको हो ।