तनहुँ : तनहुँमा बुधबार कोरोना संक्रमित ह्वात्तै बढेका छन् । ६० जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । १ सय १२ जनाको पिसीआर परिक्षण गरिएको थियो । परिक्षणको ५३.५७ प्रतिशतलाई संक्रमण पुष्टी भएको हो ।
यो संगै तनहुँमा ५ हजार २ सय ७३ जनालाई कोरोना पुष्टी भएको छ । तीमध्ये ४ हजार ८ सय ४१ जनाले कोरोना जित्दा ३ सय १९ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित मध्ये १० जना बाहेक सबै होम आईसोलेसनमा छन् । जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा ४ जना र दमौली अस्पतालको आईसोलेसनमा ६ जना रहेका छन् । १ सय १३ जनालाई कोरोना संक्रमणले ज्यान लिएको छ ।
गण्डकीमा बुधबार ६ सय २५ जनालाई कोरोना पुष्टी भएको छ । १ हजार ३ सय ७ जनाको पिसीआर परिक्षण गरिएको थियो । हालसम्म ६६ हजार २ सय ८९ जनालाई कोरोना भएको छ । तीमध्ये ६१ हजार ३ सय ७० निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ४५ जना छन् । बुधबार मृतकको संख्या पनि ह्वात्तै बढेको छ । गण्डकी प्रदेशभरका ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । कास्कीका ४, स्याङजाका २ , बाग्लु्ङ र नवलपुरका १÷१ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म गण्डकीमा कोरोनाका कारण १ हजार ७४ जनाको मृत्यु भएको छ ।