आँबुखैरेनी : “सेवा नै धर्म” भन्ने मूल उक्तिबाट प्रेरित सामाजिक संस्था रामयुग मल्ल प्रतिष्ठानले गोरखा र तनहुँ जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य तथा अति अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ।
प्रतिष्ठानले गोरखा जिल्लाको पालुङ्टार नपा-८ स्थित धुँवाकोट स्वास्थ्य चौकी, शहिद लखन गाउँपालिका-२ र ३ स्थित मनकामना सामुदायिक स्वास्थ केन्द्र, मैदान र मनकामना स्वास्थ्य चौकी, सिलिङ र तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका महासचिव विपीन मल्लले जानकारी दिए ।
धॅुंवाकोटस्थित स्वास्थ्य चौकीलाई गोदरेज रेफ्रिजेरेटर (१०० लि.)-१ थान, ईलेक्ट्रिक सक्सन युनिट-१ थान, अटोक्लेप युनिट -१ थान, नेबुलाईजर मेसिन -१ थान, ओ.टि.लाइट-१ थान, हेल्थ डस्टविन (ठूलो )- ३ थान, ह्यान्ड स्यानिटाईजर -१० लि., सर्जिकल मास्क-१०००थान, ह्यान्ड ग्लोब्स-१०० थान, अफिसियलभित्ते घडी- १ थान हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतिष्ठानका संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्ल, महासचिव बिपिन मल्ल, सल्लाहकार भगवान दास मल्ल लगायतको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको हो ।
धुवाँकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शंकरराज कंडेलले प्रतिष्ठानबाट उपहार स्वरुप प्राप्त सामग्रीले यस भेगका जनताहरुलाई स्वास्थ्य सेवा प्रदानमा सहयोग पुग्ने बताए ।