तनहुँ : नेपाल एयरलाइन्सका वरिष्ठ क्या. विजय लामाले तनहुँका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । न्यानोपन नेपाल संस्थाका अध्यक्ष समेत रहेका लामाले बन्दीपुर गाउँपालिका–५ को भुजेल गाउँ, व्यास नगरपालिका–११ को चेपाङ गाउँ र भिमाद नगरपालिका–२ को रघुगाउँका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।
पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको पहलमा लामाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । ती ठाउँका दुई सय परिवारलाई खाद्यान्न वितरण गरिएको जनाइएको छ ।
उक्त संस्थाले काठमाडौ, भक्तपुर, ललितपुर, गोरखा, सिन्धुपाल्चोक, बारा पर्सा, लगायतका विभिन्न जिल्लाका विपन्न तथा विपद्मा परेका सर्वसाधारणलाइृ सहयाेग गरिसकेकाे छ ।