देशभर वर्षा हुने सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर वर्षा हुने सम्भावना

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७८, बिहीबार

    काठमाडौ: आज दिउँसोपछि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । 

    अहिले गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो  । यस्तै राति पनि प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ । 

    मौसमविद्ले प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । यसपालि सरदरभन्दा धेरै वर्षा भएको छ । यसले बाढी पहिरोको जोखिम पनि बढाएको छ ।

    अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी तराईको नजिक रहेको छ ।