तनहुँ : व्यास नगरपालिका-६ बाह्रबिसेकी एक बालिका भेटिएकी छन् । मङ्गलबार बिहान ४ बजे घरबाट हराएकी १३ वर्षीया स्वस्तिका परियार काठमाडौमा भेटिएकी हुन् ।
एक व्यक्तिसँग मोटरसाइकलमा गएकी उनी काठमाडौस्थित थानकोटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालिका हराएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो ।
उनलाई एक युवकसँग फेला पारेर दमौली ल्याउँदै गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले बताए। “एक युवकसँग फेला परेकी उनलाई परिवारको जिम्मा लगाउँछौ, बॉकी अनुसन्धान परिवारको निवेदनका आधारमा अगाडी बढ्छ,” उनले भने ।