भलाई कोषमार्फत् व्यवसायीका परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भलाई कोषमार्फत् व्यवसायीका परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७८, बिहीबार

    म्याग्दे : तनहुँ उद्योग वाणिज्य सङ्घले भलाई कोषमार्फत् व्यवसायीका परिवारलाई राहत वितरण गरेको छ । थर्पु बजार इकाईका कार्यसमिति सदस्य स्व. यज्ञनारायण श्रेष्ठको निधन भएको १३ औं दिनमा सङ्घले निजका परिवारलाई राहत रकम प्रदान गरेको हो ।

    सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई मृतकका श्रीमती देवी श्रेष्ठलाई एक लाख २५ हजार हस्तान्तरण गर्दै पीडामा मलम लगाउन सङ्घले भलाई कोषमार्फत् राहत दिने गरेको बताए । “मानिसको जीवनलाई पैसासँग तुलना गर्न मिल्दैन, तर केही राहत होस् भनेर सङ्घले भलाई कोष खडा गरेको छ,” श्रेष्ठले भने ।

    यसैगरी थर्पु इकाइका सदस्य स्व. राजन कायस्थका श्रीमती गाेमा कायस्थलाई पनि भलाई काेष मार्फत बिहीबार एक लाख २५ हजार सहयाेग गरिएकाे थर्पु इकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।

    सङ्घले व्यवसायीबाटै रकम उठाएर भलाई कोष खडा गरेको छ । सङ्घमा आबद्ध व्यवसायीको मृत्यु भएको खण्डमा सोही कोषबाट परिवारलाई राहत प्रदान गर्ने गरिएको छ । उक्त कार्यक्रममा सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी, थर्पु इकाई सभापति भीमलाल श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आले लगायत उपस्थित थिए ।