तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी–१ की ७१ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा साउन १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
२७ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा तनहुँमा २७ जना सङ्क्रमित थपिएका छन् । ९७ जनाको परीक्षण गरिएकामा १२ महिला र १५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यसमध्ये २० जना एन्टिजेनबाट पहिचान भएका हुन् ।