पहिरोले अवरुद्ध मिर्लुङकोट पर्यटनमार्ग सुचारु गराउन प्रदेश सरकारको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरोले अवरुद्ध मिर्लुङकोट पर्यटनमार्ग सुचारु गराउन प्रदेश सरकारको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७८, बिहीबार

    तनहुँ : पहिरोले अवरुद्ध चन्द्रावती मिर्लुङकोट पर्यटन मार्ग सुचारु गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । भानु नगरपालिका–१३ स्थित चन्द्रावती मिर्लुङकोट पर्यटन मोटरमार्ग केही समय अगाडी आएको पहिरोले क्षति पु¥याएपछि अवरुद्ध छ ।

    गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङको नेतृत्वमा बिहीबार पुगेको टोलीले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई मोटरमार्गका विषयमा ध्यानाकर्षण गराएको छ । जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले पहिरा हटाएर मार्ग सुचारु गराउन मुख्यमन्त्रीले आश्वासन दिएको जानकारी दिए ।

    मोटरमार्ग अन्तर्गत करिब सात सय मिटर खोलाले कटान गरेर पूर्ण क्षति पुगेको छ । साथै धेरै ठाउँमा पहिरोका कारण मोटरमार्गमा क्षति पुगेकाले सवारीसाधन आवतजावत पूर्ण रुपमा बन्द भएको छ । उक्त टोलीमा मोटरमार्गका अध्यक्ष बेलबहादुर अधिकारी, भयरथान टोल विकास संस्थाका अध्यक्ष चन्द्रविवश गुरुङ, मन गुरुङ लगायतको सहभागिता थियो ।