एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७८, शुक्रबार

    काठमाडौ : आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ । 

    अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन ।

    तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको वर्षासँगै छोटो समयमा लागि केही ठाउँमा ठूलो वर्षा हुन सक्छ । यस्तै, आज राति प्रदेश-१, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा छोटो समयका लागि ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।