व्यासले एम्बुलेन्स सेवा सञ्चालन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले एम्बुलेन्स सेवा सञ्चालन गर्ने

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७८, शुक्रबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरवासीलाई सेवा दिन नगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरेको छ ।

    रु १२ लाख ९५ हजारको लागतमा खरिद गरिएको एम्बुलेन्स वातानुकुलित सहितको रहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

    नगरबासीको स्वास्थ्य सुरक्षाका लागि धारा, स्ट्रेचर, अक्सिजन सिलिन्डर, फस्ट एड किट सहितको एम्बुलेन्स सेवा नगरपालिकाको तर्फबाट सञ्चालन गर्न पाएकामा न्यौपानेले खुशी व्यक्त गरे ।

    आर्थिक वर्ष ०७७÷७८ मा टेण्डर आह्वान गरि एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाइएको थियो । नगरपालिकाको मापदण्ड अनुसार एम्बुलेन्स सञ्चालन प्रकृयालाई अगाडि बढाइने र नगरवासीलाई सहज रुपमा सेवा प्रदान गरिने न्यौपानेले जानकारी दिए । निकट भविष्यमा व्यास नगरपालिकाले वडा नम्बर १० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि पनि सो एम्बुलेन्स प्रयोगमा ल्याउने तयारी गरिएको छ ।